Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुरले सम्झियो ‘गिरिजाबाबु’ लाई

Girija-1553171483.jpg

७ चैत, हेटौँडा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति गिरिजाप्रसाद कोइरालालाई कांग्रेस मकवानपुरले सम्झिएको छ । 
कोइरालाको ९ औं स्मृति दिवस पारेर विहिबार जिल्ला पार्टी कार्यालय हेटौँडामा कार्यक्रमको आयोजना गरी उनलाई सम्झिएको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहितका नेताहरुले कोइरालाको तस्बिरमा मल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए । 
कार्यक्रममा पार्टीका जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, गाउँपालिका संयोजकहरु, नगर अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरु, महिला संघ, नेविसंघ लगायतका भातृ संगठनका पदाधिकारी, नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागीहरुले १० बर्षे सशस्त्र द्वन्दको अन्त्यका लागि गिरिजाप्रसाद कोइरालाले गरेको १२ बुँदे बृहत शान्ति सम्झौता, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनामा खेलेको भूमिका लगायतबारे चर्चा गरेका थिए ।
यसैगरी, नेपाली कांग्रेस मकवानपुरका पुराना नेता चन्द्रनारायण श्रेष्ठको निधनमा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । विहिबार निधन भएका श्रेष्ठको राप्तितटमा भएको अन्त्येष्टीका क्रममा पार्थिव शरिरमा पार्टीको झण्डा ओढाईएको हो । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । २००७ सालको क्रान्तिका योद्धा समेत रहेका श्रेष्ठ हेटौँडा २ नम्बर वडाका पूर्व सदस्य समेत रहेका थिए । उनी नेपाली कांग्रेस हेटौँडा वडा नम्बर २ का सचिव विश्वनारायण श्रेष्ठका पिता हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार