Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काङ्ग्रेसलाई जिताउन बानियाँ पत्नी हाडीखोलामा 

24259651_1495376470576869-1511965150.jpg

१३ मंसिर ,हेटौँडा। मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा बानियाँ हाडीखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को २९ख० बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार घरदैलो गर्न हाडीखोला पुगेका हुन् ।

घरदैलो कार्यक्रममा बोल्दै बानियाँ पत्नि दीपाले मकवानपुरको क्षेत्र नम्बर १ मा गरेको वाचाहरु करिब पूरा गरेपछि पछि परेको मकवानपुर क्षेत्र नम्बर २ को विकासका लागि आफ्नो पति यस क्षेत्रमा आएको भन्दै एकपटक जिताएर वास्तविक विकास हेर्न अनुरोध गरे । हामी बोल्नरभाषण गर्न त्यत्ती जान्दैनौ, यहाँको समस्याको बिषयमा जानकारी गराउनुहोला, बानियाँले भनिन्,काङ्ग्रेस र इन्द्र बानियाँबाट हुन सक्ने सबै समस्याको समाधान हुनेछ । महिलाको क्षेत्रमा रहेको समस्याको बिषयमा आफूलाई धेरै जानकारी भएको भन्दै उनले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिन । यस्तै गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मनहरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका नेता शंकर न्यौपानेले आफू चुनावमा पराजित भएपनि स्थानीयको सुखदुःखमा सङ्गै रहेको बताउदै मन्त्रीदेखि मुख्य मन्त्री बन्न सक्ने उम्मेदवार क्षेत्र नम्बर २ ले पाएकोले एकपटक काङ्ग्रेसलाई जिताउन अनुरोध गरे । यस क्षेत्रबाट पटक पटक कम्युनिस्टहरुले जिते, तपाईंको यस क्षेत्रको विकासमा के कति काम भयो  मुल्यांकन  गर्न अनुरोध गर्दै   हेटौंडाबाट नजिकै रहेर पनि विकट झै रहेको यस क्षेत्रको विकासको लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

घरदैलोमा काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आन्नद राम पराजुली पत्नी लता पराजुली, काङ्ग्रेस नेताहरु शैलेन्द्र बानिया, प्रकाश न्यौपाने, साविक हाडीखोलाका काङ्ग्रेस सभापती चन्द्रबहादुर न्यौपाने, वडाका प्रचारप्रसार संयोजक पवन खड्कालगायतकाको उपस्थिति थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार