Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कामधेनु सहकारीमा पुनः पराजुली

Kamdhenu-1491055787.jpg

१९ चैत, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गौरबकुमार पराजुली सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा पराजुलीलाई चयन गरेको हो । भेलाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उदयप्रकाश दहाल, सदस्यहरुमा मन्दिरा घिमिरे, अम्विका सापकोटा, गीता न्यौपाने, श्यामलाल श्रेष्ठ, दिर्घमणी भट्टराई र धनबहादुर गौतम रहेका छन् । 
लेखा सुपरवेक्षण समितिको संयोजकमा केदारप्रसाद गौतम, सदस्यहरुमा बद्री भण्डारी र सीता सुवेदी चयन भएका छन् । सभामा संस्थाका अध्यक्ष पराजुलीले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गौतमले लेखा परीक्षण प्रतिवेदन, उपाध्यक्ष दहालले ऋण उपसमितिको प्रतिवेदन र खुत्रुके बचत उपसमितिका संयोजक केशबप्रसाद अधिकारीले खुत्रुके प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ सदस्यहरु पूर्णबहादुर श्रेष्ठ र सन्तमाया मानन्धर, बढी व्याज बुझाउने सीता सुवेदी, बढी सेवा शुल्क बुझाउने राधा गौतम र सरीता गौतम, उत्कृष्ट विद्यार्थीमा सुयोग भट्टराई र रेनु श्रेष्ठ, उत्कृष्ट खुत्रुके बचतमा सौगात अर्जेल, प्रकृति पराजुली, ललमाई चौलागाई, सुशान्त सुवेदीलाई सम्मान गरिएको थियो । 
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नौलो विहानी कृषि सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, दिव्यज्योति निमाविका प्रधानाध्यापक रमेशकुमार घिमिरे, संस्थाका सल्लाहकार बासुदेव सापकोटा, उदय विडारी, सञ्चारकर्मी रुपेश दुलाल, व्यवस्थापक भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार