७ बैशाख, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारदेखि वडा नम्बर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नति हुने भएको छ ।
स्तरोन्नती हुने बाटोको बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले शिलान्यास गरेका छन् । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरि एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरिकरण गरिने गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए ।
बहुबर्षिय योजना अन्तर्गत भिमफेदीको चुनियाँदेखि गाउँपालिकाको केन्द्र कालिकाटर जोड्ने उक्त बाटोको पालिकाको वडा नम्बर ९ नामटार देखि कालिकाटरसम्म ४ करोड रुपैयाँमा सम्पन्न गर्नेगरि लागत अनुमान गरिएको छ । जसअन्तर्ग पहिलो खण्डमा आव २०७९÷०८० मा एक करोड ४० लाख रुपौयाँ लागतमा नामटारदेखि खुमलटारसम्म र बाँकी काम आगामी बर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए ।
उक्त बाटो निर्माणका लागी संघीय सरकारले समपुरक बजेट मार्फत ७० लाख, प्रदेश सरकारले एक करोड र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मोक्तानले २०३७ सालदेखि चलन चल्तिमा रहेको उक्त बाटोको बल्ल स्तरिकरण हुन लागेको जानकारी दिए । पालिकाको सदरमुकाम कालिकाटर जोड्ने बाटोको राम्रो व्यवस्था नहुँदा यहाँका सर्वसाधरणले ठूलो सास्ती व्यहोर्दै आएको अध्यक्ष मोक्तानले बताए ।
उनले बाटो स्तरिकण भएसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषी उपज बजारसम्म पु¥याउँन सहज हुने बताए । यस्तै सर्वसाधरणलाई जटिल विरामी पर्दा स्वास्थ्य उपचारका लागी हेटौंडा वा काठमाडौंसम्म पुग्न पनि सहज हुने अध्यक्ष मोक्तानको भनाई छ ।
आयुश्री विल्डर्स एण्ड सप्लायर्स प्रा.लिले निर्माणको जिम्मा पाएको उक्त बाटो २०८१ असार ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनिले उक्त बाटो स्तरीकरणका क्रममा माटो कटिङ, ग्याविन वाल र स्टोन मेशिनरीको जिम्मा पाएको छ ।
१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...
१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...
१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...
१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...
१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...
१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...
१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...
१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि...