Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

खैराङमा पहिलो पटक मोटर पुगेपछि खुशीयाली

sadak-1550933501.jpg

११ फागुन, हेटौँडा । मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् ।
राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ ।
सडकको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सन्तबहादुर प्रजाले सडकले स्थानीय बासिन्दाको जीवन परिवर्तनमा सहयोग पुग्ने बताए । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मोटरबाटो खुलेसँगै स्थानीय बालबालिकालाई पढ्न जान–आउन र स्थानीय कृषि तथा पशुजन्य उत्पादन बजार पु¥याउन सहज हुने बताए । अध्यक्ष मल्लले आगामी आर्थिक वर्षमा काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने झिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ्ग, ७ नम्बर वडाका अध्यक्ष रामकुमार थिङ, ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण प्रजाले गाउँमा मोटर बाटो पुगेसँगै कृषि तथा पशुजन्य उत्पादनमा जोड दिए ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङलगायतको उपस्थिति रहेको थियो । 
राक्सिराङ गाउँपालिका र स्थानीय उपभोक्ताको जनश्रमदान गरी ६० लाख रुपियाँको लागतमा सडक निर्माण गरिएको हो । आगामी आर्थिक वर्ष काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने भिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार