Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गाई काट्ने अभिव्यक्तिको प्रदेशसभामा आलोचना

IMG_9735-1522150677.JPG

१३ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा उपसभामुख राधिका तामाङको गाई काट्न पाउनुपर्ने अभिव्यक्तिको चर्को आलोचना भएको छ ।

मंगलबारको पहिलो सत्रको बैठकमा बोल्ने सदस्यहरुले जिम्मेवार पदमा रहेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संवि

धान भन्दा माथि कोही नहुने बताएका थिए । सभामा धारणा राख्दै प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठले उपसभामुख तामाङले जातीय विद्वेष फैलाउने काम भएको भन्दै संसदमा जवाफ दिनुपर्ने बताएका थिए । रिता माझीले सभामुखले दिएको अभिव्यक्रबारे आपत्ति जनाउँदै यसबारे स्पष्ट पार्नुपर्ने धारणा राखेकी थिईन् । प्रदेशसभा सदस्यहरुले राष्ट्रिय जनावरको अपमान गर्ने अधिकार उपसभामुखलाई नभएको भन्दै यसबारे स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए ।बैठकले ११० सदस्य नै समेट्ने गरी ५ वटा विषयगत समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले ५ वटा विषयगत समिति गठन गरेको हो ।बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्

थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रदेशसभा सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्तुत गरेका थिए । बैठकबाट नाम अनुमोदन भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न

बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ स्विकृत भएको छ । आर्थिक विधेयकमाथिको दफावार छलफल चैत १६ गतेको बैठकमा हुने जनाईएको छ । विषयगत समितिको सभापति चैत १५ गते निर्वाचनमार्फत टुंगो लगाउने कार्यतालिका सार्वजनिक गरिएको छ । बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले प्रदेशको नामाकरण र राजधानी चाँडै तोक्नुपर्ने, प्रदेशसभा बैठक नियमित राख्नुपर्ने, आर्थिक ढंगले समृद्ध बनाउन ठोस ढंगले अघि बढ्नुपर्ने लगायतका धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार