Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

गाउँपालिकाले धियालको युरेनियम पहाडको सदुपयोग गर्ने

Urenium-Pahad1-1550405888.jpg

५ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियाल कालापानीमा रहेको युरेनियम पहाडको गाउँपालिकाले सदुपयोग गर्ने भएको छ । 
युरेनियमका कारण यहाँका बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको भन्दै गाउँपालिकाले यसलाई सदुपयोग गर्ने भएको हो । पहाड क्षेत्रको बस्ति स्थानान्तरण गर्दै पहाडको सदुपयोग गर्ने गाउँपालिकाले जनाएको छ । यसका लागि संघीय र प्रदेश सरकारसंग कानून ढंगबाट पहल गर्ने प्रयास भईरहेको गाउँपालिका अध्यक्ष दामोदर खनालको भनाई छ । ‘यसबारेमा ठोस ढंगले अघि बढ्न हामीले प्रदेश सरकारसंग पनि समन्वयको प्रयास गरिरहेका छौं, यो हाम्रो सम्पत्ति हो र सदुपयोग गर्नुपर्छ ।’ उनले यस क्षेत्रका बस्तिको व्यवस्थापनबारे समेत गाउँपालिका गम्भिर रहेको बताए ।
२०४७ सालमा खानी तथा भुगर्भ विभागले यहाँ युरेनियमको पहाड रहेको पुष्टी गरेको थियो । युरेनियम पहाड रहेको पुष्टी भएपनि स्थानीयलाई पर्ने असरको रोकथाममा कुनै काम नहुँदा यस क्षेत्रका बासिन्दा प्रभावित भईरहेका छन् । युरेनियम पहाडका कारण स्थानीयमा छालाको समस्या, मस्तिष्कसम्बन्धी समस्या र क्यान्सर समेतको जोखिम देखिएको स्थानीयको भनाई छ । 
युरेनियमको पहाड राज्यका लागि सम्पत्ति भएकाले बस्तिलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्दै यसको सदुपयोग गर्न स्थानीयले माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार