Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा

Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालले चालु आव ०७५/०७६ को प्रस्तावित कार्यक्रम, व्यवस्थापक अर्जुनप्रसाद तिमल्सिनाले आव ०७४/०७५ को प्रगति प्रतिवेदन र लेखा संयोजक ताराप्रसाद देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा बढी दिन दूध विक्री गर्ने सीता तिमल्सिना, गणेश कठायत, नियमित दूध विक्री गर्ने विमला योन्जन, दुर्गाप्रसाद हुमागाई र चन्द्रप्रसाद घिमिरे, गुणस्तरीय दूध विक्री गर्ने सीता सापकोटा, कृष्णप्रसाद घिमिरे र हरीप्रसाद सापकोटालाई पुरस्कृत गरिएको थियो । यसैगरी सफा दूध विक्री गर्ने सरीता ढकाल, सुकुमाया मोक्तान, राजन तिमल्सिना, संस्थापक अध्यक्ष जगनाथ तिमल्सिना, पूर्वअध्यक्ष गोपीकृष्ण सापकोटा संस्थापक संचालक सदस्य ध्रुवप्रसाद देवकोटा लगायतकालाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा मकवानपुरगढी ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना,युवा तथा साना व्यवसायी संघकी संयोजक मीना अर्याल, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी उपाध्यक्ष सावित्रीदेवी तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
संस्थाले आव ०७४/०७५ मा किसानहरुलाई ५१ लाख ५४ हजार २ सय १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । संस्थामा २ सय ५५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार