Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

'घरघरमा नयाँ शक्ति' अभियान सञ्चालन हुने

Naya-Sakti-1481715956.jpg

२९ मंसिर, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले अबको ६ महिना घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंगलबार बसेको मकवानपुर जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय तथा ३ नम्बर प्रदेशको परिपत्रअनुसार मकवानपुर जिल्लामा सञ्चालन गर्ने ६ महिने अभियानअन्तर्गतको कार्यक्रम तय गरेको हो ।
अभियान सफल बनाउन पार्टीका सहसंयोजक विवेक वाईबाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अभियान परिचालन समिति गठन गरिएको छ । अभियानलाई गाउँ, नगर तथा उपमहानगरपालिका स्तरमा सञ्चालन गर्नको लागि मकवानपुरका सबै गाउँपालिका र नगरमा उत्प्रेरकको जिम्मेवारीसमेत तोकिएको छ । बाग्मती गाउँपालिकामा शेर बहादुर पहरी, बकैया गाउँपालिकामा जीवनमान मोक्तान, मकवानपुरगढी गाउँपालिकामा पाल्साङबज्र लामा, हेटौंडा उपमहानगरपालिकमा राजकुमार वाईबालाई उत्प्रेरकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भीमफेदी गाउँपालिका मा जिल्ला कार्यालयले उत्प्रेरकको जिम्मेवारी लिनेछ भने थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा ज्योती रायमाझीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने पार्टीले जनाएको छ । कैलाश गाउँपालिकामा टंक हिमडुङ, मनहरी गाउँपालिकामा अम्बर लामा, राक्सिराङ गाउँपालिकामा बिवेक वाईबालाई उत्प्रेरकको जिम्मेवारी दिइएको जनाएको छ ।
अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवा, अधिवेशनहरु हुँदै महाधिवेशनसम्मको तयारी पूरा गर्ने गरी तीन चरणको कार्यक्रम घोषणा गरिएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए । मंगलबारको बैठकले प्रचारप्रसार समितिको संयोजकमा केशब समर्पणलाई जिम्मेवारी दिइएको छ भने जिल्ला कार्यकारी सदस्य सुबोध रिमालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला कार्यकारी सदस्य राजन मैनालीको संयोजकत्वमा उत्पादन तथा रोजगार/स्वरोजगार समिति गठन गरिएको छ ।  त्यस्तै जिल्ला संयोजक प्रल्हाद लामिछानेको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । जिल्ला कार्यकारी समिति सदस्य तुफान विक्रम क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक टोली बनाई अभियानमा परिचालन गर्ने बताइएको छ । 
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको माग गर्दै देशब्यापी दश लाख हस्ताक्षर संकलन गर्ने योजना अनुरुप मकवानपुरबाट २० हजार हस्ताक्षर संकलन गरिने पनि पार्टीले जनाएको छ । ६ महिने अभियानको क्रममा देशमा बढिरहेको महंगी, भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा जनप्रर्दशन, घेराउ, ज्ञापनपत्र बुझाउने र सभाहरु गरिने कार्यक्रम पनि तय भएको जिल्ला अभियान परिचालन समितिका संयोजक बिवेक वाइबाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार