Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

घाम ताप्दा यस्तो फाइदा हुन्छ

hqdefault-1483856494.jpg

२४ पुस । घामबाट धेरै किसिमको फाइदा हुन्छ त्यसैले सकेसम्म घाममा बस्नु जरुरी छ । घाममा बस्दाका निम्न फाइदाहरु हुन्छन् । 

रक्तचाप घटाउँछः सूर्यको प्रकाश छालामा पर्ने बित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्कासन हुन्छ। युनिर्भसिटी अफ इडनबर्गको एउटा अनुसन्धानले नाइट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्ने देखाएको छ। तसर्थ घाममा बस्दा रक्तचापका बिरामीलाई फाइदा पुग्छ।

प्रतिरोधात्मक क्षमता वृद्धिः रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न भिटामिन डीको महत्व हुन्छ। घामबाट पाइने भिटामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ। घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ।

हड्डीको वृद्धिः सूर्यको प्रकाशले ताप दिँदा भिटामिन डी–३ बन्छ। भिटामिन डी–३ ले शरीरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ। भिटामिन डी–३ र हड्डीको वृद्धि तथा विकासबीच प्रत्यक्ष सम्बन्ध रहेको अध्ययनहरुले देखाएका छन्। शरिरमा उच्च मात्रामा डी–३ भएमा जोर्नीको दुखाइ कम गर्ने र हातखुट्टा वा शरीरका अन्य अंग भाँचिने खतरा कम हुन्छ।

छालालाई फाइदाः सूर्यको प्रकाशले छालालाई पनि फाइदा गर्छ। निरन्तर घाममा बस्दा छालाजन्य रोग र संक्रमण लाग्दैन।

श्वासप्रश्वास सम्बन्धी समस्या घटाउँछःभिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ। यस्तै, अमेरिकाको युनिर्भसिटी अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले वृद्धवृद्धामा संक्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। वृद्धवृद्धाको श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ।

डिप्रेसनबाट जोगाउँछः सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ। नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बच्न सक्ने अध्ययनहरुले देखाएका छन्। घामले शरीरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ ।

स्रोत : स्वास्थ्य खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार