Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

चिसापानीको कारोबार ६ करोड

Chisaapani-1505826500.jpg

३ असोज, हेटौंडा । हेटौडा–१६ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा ६ करोड ४३ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाले चालु आव ०७४÷०७५ मा ७ करोड १४ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । 
संस्थाको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद घिमिरेले सो कुराको जानकारी गराउनु भएको हो । निक्षेप संकलन ३ करोड ६४ लाख, ऋण असुली १ कोड ९० लाख, लगानीबाट व्याज प्राप्त ३१ लाख, शेयर विक्री १७ लाख, विलम्व शुल्क २ लाख रहेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोविन्द दहालले लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा ज्येष्ठ सदस्य हरिप्रसाद अर्याल, उत्कृष्ठ बचतकर्ता ललिता अधिकारी, चन्दा गौतम,उत्कृष्ठ कारोवारी चण्डिका आचार्य, विमला राई, २०७३ सालको एसईईमा उत्कृष्ठ अंक ल्याउने सुविना चापागाई, साकार गजुरेल,अनिशा गजुरेल र बैठकमा धेरै पटक उपस्थिति हुने सञ्चालक सदस्य श्रीकृष्ण आचार्यलाई पुरस्कृत गरिएको थियो ।
डिभिजन सहकारी कार्यालय,मकवानपुरका सहकारी निरीक्षक अश्विनकुमार अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा हेटौडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राई, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, मकवानपुर जिल्ला सहकारी संघका सञ्चालक सदस्य अर्जुनप्रसाद वाग्ले, किसान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री भण्डारी,गरिवी निवारण बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णप्रसाद सापकोटा,संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार