Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चिसापानीको महायज्ञबाट ३७ लाख ८८ हजार बचत

Mahayagya-New-photo-1482145020.jpg

४ पुस, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भएको महायज्ञमा ३७ लाख ८८ हजार रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले सोमबार सार्वजनिक गरेको आयव्यय अनुसार महायज्ञमा ३७ लाख ८८ हजार ६ सय २६ रुपैँया बचत भएको हो ।

मंसिर २० देखि २८ गतेसम्म भएको महायज्ञमा ५१ लाख २८ हजार ८ सय २८ रुपैँया संकलन भएकोमा १३ लाख ४० हजार २ सय २ रुपैँया खर्च भएको मूल समारोह समितिका महासचिव गोविन्द दाहालले बताए । महायज्ञ मूल समारोह समितिका अनुसार करिब एक लाख रुपैँया बराबरको धान र चामल विक्रि गर्न बाँकी रहेको छ ।

कार्यक्रममा एक महिनाभित्र स्मारिका प्रकाशन गर्न मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको संयोजकत्वमा ११ सदस्यीय स्मारिका प्रकाशन समिति गठन भएको छ । कार्यक्रममा सप्ताह ज्ञान महायज्ञको प्रचारप्रसारमा सहयोग गरेको भन्दै संचारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल र पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी, महायज्ञका उपसमितिमा रहेर काम गर्ने महानुभावलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार