अर्थ

चुच्चेखोला वन उपभोक्ता सहकारीको साधारणसभा

Sahakari-1538833916.jpg

२० असोज, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा संस्थाका संस्थापक अध्यक्ष गोपीप्रसाद अधिकारी सचिव रमेशकुमार घिमिरे,उत्कृष्ठ बचतकर्तामा खेमकुमारी आचार्य,उत्कृष्ठ कारोवारीमा निलकण्ठ ढकाललाई सम्मानित गरिएको थियो । यसैगरी कक्षा ८ को उत्कृष्ठ विद्यार्थीमा रोहित न्यौपाने र नम्रता तिमल्सिना,एसईईमा विजय गौतम र मेनुका पुडासैनीलाई पुरस्कृत गरिएको थियो । 
हेटौंडा उपमहानगरपालिका १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको साधारणसभामा हेटौडा उपमहानगरपालिका १७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिान, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पारजुली, नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु अर्याल, दिव्यज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरे, संस्थाका सल्लाहकार बद्री भण्डारी, शालिकराम घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार