२२ असोज, हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण अझै पनि जिर्ण रहेको बताए । उनले जनप्रतिनिधिको रूपमा आफुहरू आइसकेपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको र यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेकोले विभिन्न खण्डमा काम भइरहेको बताए । उनले सडकमा बजेट विनियोजनका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको विशेष भुमिका रहेको बताए । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने बताउँदै स्थानीयलाई सहयोगका लागि आग्रह गरे ।
उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताउँदै सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गरे ।
कैलाश-१० का वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, ९ नम्बर वडा अध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
शिलान्यास गरिएको चुनियाँ-नामटार-कालिकाटार सडकको कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिका लागि बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता/आकृति मालिका/गोले जेभी हेटौंडा-१ ले भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले १८ महिनामा सम्पन्न गर्ने जनाइएको छ । गाउँपालिका जान सहजताका लागि गाउँपालिकाले विभिन्न खण्डमा स्तरोन्नतिको काम गराइरहेको छ ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...