Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चुरेलाई वातावरण क्षेत्र घोषणा गरेकोमा विरोध

भीमसेन पौडेल
१६ साउन, हेटौडा । सरकारले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम वातावरण क्षेत्र घोषणा गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विरोध गरेको जनाएको छ ।
वन ऐन २०४९ को उल्लघन हुने गरी सरकारले संचालन गरेको राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन बारेमा महासंघले शुरु देखिनै विरोध गर्दै आएको छ । स्थानीय उपभोक्ताहरुले परापूर्वकाल देखि नै संरक्षण र उपभोग गर्दै आएको वनलाई राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना बनाई स्वीकृतीको लागि वन तथा भू– संरक्षण मन्त्रालयमा पेश गरेको छ । महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानद्वारा वितरित प्रेस विज्ञप्तिमा तत्काल उक्त गुरुयोजना खारेज नगरे कडा आन्दोलनमा उत्रने जनाईएको छ । 
स्थानीय उपभोक्ताहरुले आफूहरुलाई आवश्यक पर्ने काठ, दाउरा परापूर्व काल देखिनै उपभोग गर्दै आएको र सो गुरुगोजना तयार गर्दा उपभोक्ताहरु सँग सरसल्लाह नै नगरी एकतर्फी रुपमा गरि सरकारले गैर जिम्मेवारी चरित्र देखाएको आरोप लगाईएको छ । गुरुयोजनाले चुरे क्षेत्रमा पर्ने वनबाट  २० वर्ष सम्म कुनै पनि प्रकारको वनपैदावार प्रयोग गर्नमा रोक लगाईएकाले जल, जंगल, जनावर, जडीबुटी, जराजुरी लगायतमा स्थानीय जनताहरको अधिकार माथि ठाडो हस्तक्षेप गरेको बताईएको छ । 
वनमाफियाहरुको मिलेमतोमा सरकारले २० वर्षे गुरुयोजना बनाएको  आरोप लगाउदै महासंघले सामुदायिक वन समूहहरुको अधिकारलाई गुरुयोजनाले हस्तक्षेप गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

थप समाचार