अर्थ

चेतनशिलको १९ औं साधारण सभा

Chetansil-1510402722.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा पूर्व व्यवस्थापक गोविन्दप्रसाद दाहाल, उत्कृष्ट बचतकर्ता भीमकुमारी अधिकारी, उत्कृष्ट ऋणी कृष्णबहादुर श्रेष्ठ, सबैभन्दा बढि पशु औषधी खरिदकर्ता अच्युत लुईटेल, बढि सामान खरिदकर्ता हेमकुमारी पुलामी, ज्येष्ठ सदस्य ज्ञानुमाया क्याप्छाकी मगर, धनबहादुर खड्का, एककुमारी घोरासैनी, भवानीशंकर गौतम, बुद्धिनाथ ढकाललाई सम्मान गरिएको थियो । 
यसैगरी, एसईई परीक्षाको प्राविधिक शिक्षातर्फ र सामुदायिक विद्यालयतर्फ उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थी, बढि दूध विक्रि गर्ने, धेरै दूध विक्रि गर्ने, गुणस्तरीय दूध विक्रि गर्ने र गोठ सफाई गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।
डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा १७ का वडा अध्यक्ष भैरवकुमार राई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य कृष्णप्रसाद सापकोटा, संस्थाका सल्लाहकार राधेश्याम गजुरेल, रामकृष्ण तिवारी, लोकनाथ चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
संस्थाले आव ०७३/०७४ मा १६ करोड ११ लाख ६८ हजारको कारोबार गरेको व्यवस्थापक दिपक ढकालले बताए ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

किन दिईयो बानियाँलाई बधाई ?
Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन
Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 
D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई...

काँग्रेस मकवानपुरद्वारा सम्मान
FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो
P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ
Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 
gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको...

थप समाचार