विकास

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो । 
बुधबार गरेको कालोपत्रे सवारी गुड्दा उक्किन थालेपछि ठेकेदार कम्पनीले बालुवा छरेको चौघडाका अस्मिर खानले बताए । उनले ठेकेदारले पानी परेको बेलामा पनि कालोपत्रे गर्दा यस्तो भएको गुनासो गरे । बालुवा छरेपछि उक्किएको ठाउँ बालुवाले पुरिएको उनीको भनाई छ । आफुहरुले पटक पटक ठेकेदारलाई भत्किएको स्थानमा पुनः कालोपत्रे गर्न भनेपनि वेवास्ता गरेको उनको भनाई छ ।
६ नम्बर वडा कार्यालय अगाडि नै बीच सडकमा कालोपत्रे उक्किएको उनीहरुको गुनासो छ । नगरपालिकाका प्राविधिकले नै काम नगर्न भनेपनि ठेकेदारले समस्या आए आफुले पुनः कालोपत्रे गरिदिने बताएपछि कालोपत्रे भएको थियो । शुक्रबार पनि पानी परेको अवस्थामा स्थानीयको असहमतिका बाबजुद कालोपत्रे गर्ने तयारी गरेको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने कमसल कामको रकम निकासा भए हेटौँडा उपमहानगरपालिकाले जवाफ दिनुपर्ने बताए । उनले आफुले स्थानीयबाट गुनासो आएपछि उपमहानगरपालिकाका प्राविधिकलाई पनि यसबारे सचेत गराएको बताएका छन् ।

sadak2-1532084351.jpg

Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग
1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित
Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित...

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव
Gbd1TYzvRbxREiYmrbU7-1539653609.jpg

२९ असोज, चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै...

बडादशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै
Fulpati-1539652018.jpg

३० असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन्...

थप समाचार