३१ भदौ, हेटौँडा । प्रचारप्रसारका लागि देश दौडाहमा रहेको चलचित्र छक्का पञ्जा–२ को टोली हेटौडामा आईपुगेको छ । पूर्व झापाबाट प्रचारप्रसार सुरु गर्दै विर्तामोड, दमक र इटहरी हुँदै हेटौंडा आइपुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक दिपाश्री निरौलाले पत्रकार सम्मेलन मार्फत छक्का पञ्जाको सफलता लाई कायम राख्न छक्का पञ्जा–२ निर्माण गरेको बताईन । त्यसैगरी चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले वैदेशिक रोजगारले निम्त्याएको समस्यालाई चलचित्रमा उतारिएको बताए । उनले पहिलो संस्करण जस्तै कथा भएपनि अरुले उठाउन नसकेका मुद्धालाई अजागर गरी चलचित्र निर्माण गरिएको बताए । पत्रकार सम्मेलनमा निर्माता एंव कलाकार जितु नेपाल तथा माग्ने बुढाले छक्का पञ्जाको कथालाई दर्शकले रुचाए जस्तै छक्का पञ्जा–२ लाई पनि धेरै दर्शकले रुचाउने विश्वास ब्यक्त गरका थिए । त्यसैगरी कलाकारद्वय प्रियंका कार्की र बर्षा राउतले पत्रकारले चलचित्रको बारेमा गरेको प्रश्नको जवाफ दिएका थिए ।
पोखराको हेम्जा, पाल्पा र काभ्रेका विभिन्न क्षेत्रमा छायाँकन गरिएको चलचित्र १ करोड ५० लाखको लागतमा निर्माण गरिएको र चलचित्र आगामी असोज ११ गते फूलपातीका दिनदेखि देशभरका हलबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले जनाएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र मर्हजन,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...