Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिंदैँ

Chhath-celebration-1605834746.jpg

५ मंसिर, हेटौंडा । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । 
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।
कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । 
यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार