Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जिल्ला वन कार्यालयद्वारा औजार वितरण

FB_IMG_1493289487604-1493289980.jpg

भीमसेन पौडेल
१४ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले सामुदायिक वन र कबुलियती वन समूहलाई वन व्यवस्थापन औजार वितरण गरेको छ ।

वन व्यवस्थापनलाई बैज्ञानिक ढंगबाट गर्ने उद्वेश्यका साथ औजार वितरण गरिएको सहायक वन अधिकृत उत्तम कटुवालले बताए । जिल्लामा रहेका १२ वटा सामुदायिक वन १० वटा कबुलियती वनलाई वन व्यवस्थापन औजार र ४ वटा सामुदायिक वनलाई डढेलो नियन्त्रण औजार वितरण गरिएको वन कार्यालयले जनाएको छ । 

हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन, आमभञ्ज्याङ–३ मा रहेको नमूना सामुदायिक वन, मनहरी–२ मा रहेको पोलाघारी सामुदायिक वन, भैसेमा रहेको कालिकाचण्डीका सामुदायिक वन, हेटौडा–१६ मा रहेको जरुङशक्ती सामुदायिक वनलाई वन व्यवस्थापन औजार उपलव्ध गराएको छ ।

यसैगरी मनहरी–३ मा रहेको मनकामना सामुदायिक वन, हेटौडा–९ मा रहेको बेतखोल्सी सामुदायिक वन, हेटौडा–१ मा रहेको सुन्दर सामुदायिक वन र हेटौडा–८ मा रहेको महिलासिर्जना सामुदायिक वन समूहलाई पनि औजार वितरण गरिएको छ ।

वन कार्यालयले हेटौडा –१८ मा रहेको रामधुनी कबुलियती वन, शिखरपुरमा रहेको च्यानडाँडा कबुलियती वन, चितलाङमा रहेको कुश्लेचौर कबुलियती वन, निवुवाटारमा रहेको चौतारी कबुलियती वन, छतिवनमा रहेको चुनढुंगापाखा कबुलियती वन, हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन, सुकौरामा रहेको चिसापानी कबुलियती वन रहेका छन ।

यसैगरी फापरबारीमा रहेको ताप्केडाँडा कबुलियती वन, तिनधर्केडाँडा कबुलियती वन र बाग्मती कबुलियती वन रहेका छन । वन कार्यालयले क्षेतीपूर्ती वृक्षारोपण अन्तरगत वनलाई डढेलोबाट बचाउँन औजार समेत वितरण गरेको छ ।

जस अन्तरगत जोगीताल मनहरी, सिमपानी देवकोट संयुक्त सामुदायिक वन मनहरी र मुलखोला सामुदायिक वन राई गाउँलाई वितरण गरिएको कटुवालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार