१२ मंसिर, हेटौँडा । राप्रपाका अध्यक्ष एवं प्रतिनिधि क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले मकवानपुर अब लोकतान्त्रिक शक्तिको गढ हुने दावि गरेका छन् ।
बकैयाको छतिवन जुरेलीमा आयोजित चुनावी सभामा बोल्दै नेता थापाले बामगठबन्धनले बर्षौदेखि जितेर पनि जनताको सुखदुःखमा साथ नदिएका कारण यसपटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताए ।
आफुले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनः सहयोगका लागि आग्रह गरे । उनले यसअघिको निर्वाचनमा विजय हासिल गरेका नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले क्षेत्र नम्बर १ मा देख्न सकिने विकास गरेको भन्दै यसको निरन्तरता आफुहरुले मिलेर दिने बताए । मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने अधिकार बानियाँलाई रहेपनि राष्ट्रिय राजनीतिमा देखिएको अधिनायकवादी प्रवृत्ति रोक्नका लागि मिलेर अघि बढ्नु परेको थापाको भनाई थियो ।
उनले मकवानपुरको विकास गर्न सक्ने पार्टी र उम्मेदवार लोकतान्त्रिक गठबन्धनमै रहेकाले मतदाताले पनि आफुहरुलाई सहयोग गर्नेमा आफु ढुक्क रहेको बताए । उनले निर्माणाधिन हेटौँडा–धरान–चतरा सडक, फाष्ट ट्रयाक, कान्तिलोकपथ लगायतका काम सम्पन्न गर्न पहल गर्ने, हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने, प्रत्येक वडामा मोटरबाटो पुर्याउने लगायतका अठोट लोकतान्त्रिक गठबन्धनको रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसधा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले अहिले हिंसा रोज्नेहरुले बामगठबन्धन गरेको भन्दै शान्तिप्रिय जनताले लोकतान्त्रिक गठबन्धन रोज्ने बताए । उनले आफु भाषण भन्दा काम गर्ने नेता भएको भन्दै आफुले जित्दा मकवानपुर क्षेत्र नम्बर १ मा ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । उनले बाँकी रहेका प्र्रतिवद्धता राप्रपा अध्यक्ष कमल थापा, प्रदेश उम्मेदवार धर्मराज लामिछाने र आफु मिलेर पुरा गर्ने समेत बताए । उनले आफु क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि निर्वाचन पछि क्षेत्र नम्बर १ मा २० करोड रुपैँया बराबरको योजना अघि बढाउने तयारीमा रहेको दावि समेत गरे ।
कम्युनिष्टहरु गरिवका कुरा गरेर आफुमात्रै धनी बन्ने सोचका साथ अघि बढ्ने गरेको भन्दै कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफुहरु जनतालाई नै धनी बनाउने पार्टी भएको समेत बताए । नेपाली कांग्रेस छतिवन गाउँ सभापति भुमिनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का उम्मेदवार धर्मराज लामिछाने, समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस क्षेत्रीय सभापति दामोदर खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, हर्नामाडिको रामधुनी र हटियाको चिसापानीमा पनि लोकतान्त्रिक गठबन्धनको चुनावी सभा भएको छ ।
जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश
लोकतान्त्रिक गठबन्धनको दुई छुट्टाछुट्टै चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी ३ सय जना भन्दा बढि लोकतानित्रक गठबन्धनमा प्रवेश गरेका छन् । जुरेलीमा भएको सभामा माओवादी केन्द्रको जिल्ला सदस्य एवं बकैया १ का निर्वाचन परिचालन समिति संयोजक मिलन योञ्जन, माओवादी निकट ट्रेड युनियनका पूर्व केन्द्र्रीय सदस्य गणेश बञ्जारासहित २ सय २३ जना लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् । हर्नामाडीमा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मकवानपुरगढी १ नम्बर का वडा सदस्य उम्मेदवार दुर्गाबहादुर सिन्तानको नेतृत्वमा १ सय २ जना प्रवेश गरेको जनाईएको छ ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...