Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

झरनाबाट ५ जनालाई सम्मान गर्दै

Award-1518705947.png

३ फागुन, हेटौँडा । झरना साहित्यिक परिवारले २५ औँ वार्षिकोत्सवको अवसरमा ५ जनालाई सम्मान गर्ने भएको छ । फागुन ७ गते छतिवनमा आयोजना हुने बृहत् साहित्य गोष्ठीमा ५ जना साहित्यकारहरुलाई सम्मान गर्ने झरनाका सचिव चिरञ्जीवि लामिछानेले जानकारी दिए ।

साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गर्न लागिएको हो । नेपाली गजलको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै नेपालका प्रथम विद्यावारिधि धारक तथा अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लाई नगद ११ हजार ५५५ रुपैयाँसहितको ‘होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७४’  प्रदान गर्न लागिएको छ । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यस्तै, जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत छतिवन निवासी जनार्दन खनाल र परशुराम गौतमलाई जनही ५ हजार ५५५ रुपैयाँ राशि सहितको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापित गरेका हुन् ।  साहित्यकार असिम सागरलाई अर्पण पराजुली र दर्पण पराजुलीले आफ्नो मातापिताको सम्मानमा स्थापना गरेको ५ हजार ५५५ रुपैयाँ राशिसहितको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७४’ प्रदान गरिने भएको छ ।

मकवानपुरकी अग्रणी नारी साहित्यकार पूर्णकला घिमिरेलाई नगद ५ हजार ५५५ रुपैयाँ राशि सहितको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७३ प्रदान प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवी राजन दंगालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार