२५ असोज, काठमाडौं । असत्य माथि सत्यको विजय, आसुरी भावमा दैवी भावको अभ्युदय, स्वर्गीय सुख र परम मुक्तिपद प्रदान गर्ने शक्ति स्वरुपा भगवती नवदुर्गाको नवरात्रीसम्म व्रत बसि विजया दशमीको दिन नवदुर्गाको प्रसाद टीका र जमरा ग्रहण गर्दा मान्यजनबाट दिने आशिर्वादका आशिर वचनहरू संस्कृत श्लोकमा यसरी दिन सकिने बताइएको छ ।
आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तिसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु , दशरथ राजा जस्तो श्री सम्पतिले परिपूर्ण, मर्यादा पुरुष भगवान् श्री रामचन्द्र जस्तो शत्रु नाश गर्नसक्ने क्षमता, सम्पूर्ण ऐश्वर्य (आनन्दको भोग)को भोग गर्ने नहुष राजा जस्तो, हावाको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यको जस्तो शान्त, अटल र तेजवान, बलमा बलराम (श्रीकृष्णका दाजु) जस्तो, सत्यवादीमा कुन्तिपुत्र युधिष्ठिर जस्तो र अनन्त कीर्ति राख्ने विश्व ब्रह्माण्डका कर्ता (मालिक) स्वयं इश्वर श्री नारायणको जस्तो होस् ।
जीवकल्प सहस्रेषु तेजो वृद्धि जय प्रदा ।
प्रथमं देवी कल्याणम् तीलकं रिपुमर्दनम् ।।
हजारौं कल्प कीर्ति बाँचोस् , तेजमा वृद्धि, जय प्रदान, पहिलो कुरा देवीले कल्याण गर्नुहोस् तीलकले शत्रुनाश (खराब प्रवृत्तिको) हुन् ।
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोवाजिहस्ति धनधान्य समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु ।।
परम आनन्द, कुशल (सक्षम), दीर्घायु, गाई, घोडा र हात्ती आदिले युक्त, धनधान्य सम्पतिले सम्पन्न, सुख समृद्धि, ऐश्वर्य (सबै सुखबाट सम्पन्न), प्रतिस्पर्धामा विजय प्राप्त, शत्रुभावको नाश, अविरल सन्तान वृद्धि (वंश वृद्धि) सहित श्री हरिको चरणकमलमा भक्ति लागोस् ।
लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां वन्धुवर्गासकलरिपुगणास् यान्तु पातालमूलम् ।।
देशे देशे च कीर्तिस् प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा ।
जीव त्वं पुत्रपौत्रैसकलसुखयुतैर्हायनानां शतैश्च ।।
हातमा र घरमा लक्ष्मीको निवास होस् , वाणीमा सरस्वतीले निवास गरुन् , दाजुभाइ (इष्टमित्र वन्धुवर्गादि) वृद्धि होउन्, शत्रुहरु पैतालामुनि रहुन्, देश विदेशमा पनि कीर्ति बढोस्, ठाउँ ठाउँमा उचित कार्यको प्रशंसा होस्, छोरा, नाति र पनाती आदि सबै सुख सहित भइ तिम्रो आयु सय बर्षको होस् ।
साभार : नेपालीपत्र
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...
७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...
७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...
७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...