Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ठिंगनमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश

FB_IMG_1484395772254-1484396180.jpg

१ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको नेपाली काँग्रेस ठिंगन गाउँ ईकाईले स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेस ठिंगन गाउँ कमिटिका अध्यक्ष ईन्द्रबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति राज्यमन्त्री बानियाँलाई ठिंगन गाविसमा स्वागत गर्न पाएकोमा स्थानीयहरुले खुशी प्रकट गरेका थिए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी परित्याग गरेका विजय न्यासुरको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एकदर्जन नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई टिका तथा खाँदा लगाईदिदै राज्यमन्त्री बानियाँले सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस मकवापुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, आमन्त्रित जिल्ला सदस्य नामदेव सिलवाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, सुभात थिङ, हेनउपा २१ नम्बर वडा सभापति रामकृष्ण कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

घलेगाउँमा  नयाँ वर्ष तथा लोछार पर्व

मकवानपुर विकट गाविस ठिंगन गाविसको ३ घलेगाउँमा घले समुदायहरुले नयाँ वर्ष तथा लोछार पर्व मनाएका छन् ।

नेपाली काँग्रेस मकवानपुर सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा घलेहरुले आफ्नो भेषभुषा, नाचगान र विभिन्न परिकारहरु खुवाएर मनाइएको हो ।

कार्यक्रममा राज्यमन्त्री बानियाँले आफू यसै जिल्ला र क्षेत्रबाट चुनिएर गएर राज्यमन्त्रीसम्म बनेकाले यस क्षेत्रमा घले समाजको विकासका लागि सरकारले हालसम्म गरेका कार्यक्रमलाई थप बढाउने र अन्य सरकारको तर्फबाट गर्नपर्ने कार्यमा कुनै कसुर बाँकी नराखी सक्दो सहयोग गर्ने बताएका छन् ।

घले समाज ठिंगनका अध्यक्ष नारायणबहादुर घलेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा लगायत स्थानीय नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार