Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

डा. केसी शिक्षण अस्प्तालको आइसीयुमा भर्ना

Dr.Gobinda-KC1-1547774669.jpg

४ माघ, हेटौँडा । इलाममा पुगेर १६ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार विहान काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।
स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका थिए ।
सुरूमा डा केसी आइसीयुमा भर्ना हुन राजी नभए पनि गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा, सुिशला कार्की, दमननाथ ढुंगाना लगायतले आग्रह गरेपछि उनी आइसीयुमा बस्न राजी भएका थिए ।
१० दिनदेखि अनसनरत डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको केसी समूहका सदस्य डा अभिषेक सिंहले जानकारी दिए ।
१० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पुगेका थिए । 
उनीहरुकै अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ आउन मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिए ।
केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । 
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएका थिए ।
तस्विरः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार