Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तरुण दलले सडक डिभिजन र विद्युत प्राधिकरणमा बुझायो ज्ञापनपत्र

received_185888948936177-1531489537.jpg

ज्ञापनपत्र बुझाउँदै तरुण दलका नेता

२९ असार, हेटौडा । तरुण दल हेटौंडा–३ नम्बर वडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो भएकोले स्थानीय एवम् आम सर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाएको हो ।

दलेले राजमार्गको हेटौंडा–३ नम्बर वडा क्षेत्रमा भत्किएको सडकको कारण दिनहुँ दुर्घटना भैरहँदा पनि सडक कार्यालयले कुनै वास्ता नगरेको ज्ञापनपत्रमा उल्लेख गरेेेको छ।

  राजमार्गको यस क्षेत्रमा भएको खाल्डो पुर्नको लागि स्थानीय एवम् तरुण दलले समेत बेला बखतमा सहयोग गर्दै आएको तर  अब हामीले खाल्टो  पुरेर पुरिने अवस्थाको नभएको  तरुण दल ३ नम्बर वडा अध्यक्ष अमर लामाले बताए  । आम सर्वसाधारण एवम् सवारी चालकहरुले पाएको दुःखको अवस्थालाई हामीले उजागर गरेका हौं । एक हप्ताभित्रमा यस क्षेत्रमा गुणस्तरीय पिच गरी समस्याको समाधान नभएमा हामी बाध्य भएर आन्दोलनमा गरिने ज्ञञाप पत्रमा उल्लेख गरिएको छ ।यस्तै  तरुण  दलले नै विद्युत प्राधिरणले दैनिक रुपमा १०/१२ पटकसम्म विद्युत कटौती गरेको भन्दै  विरोध गरेको छ । प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै तरुण दलले मकवानपुरको यूनिलिभर फिडर अन्तर्गतका सर्वसाधारणले विगत एक महिनादेखि विद्युतको समस्या भोग्दै आएको उल्लेख गरेको छ । सामान्य समस्या आउँदा समेत त्यसको मर्मतको लागि ३/४ दिन लगाउने गरेको भन्दै ज्ञापनपत्रमा लड्न लागेका एवम् काठको कुहिएको विजुलीको पोलहरु हटाउनुपर्ने र तारसंगै जोडिन लागेका रुखहरु हटाउनुपर्ने माग गरिएको छ । नेपाल सरकारले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेपनि यस क्षेत्रका सर्वसाधारणले त्यसको अनुभुत गर्न नपाएको तरुण नेता राजेश भेटवालले बताए । ज्ञापनपत्र बुझाउन ठुलो  संख्यामा  कांग्रेसका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । 

received_185888928936179-1531489538.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार