५ असार, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका धियालमा विद्युतिकरण नहुँदा स्थानीय बासिन्दालाई समस्या परेको छ । पोल गाडेर तार हालेको ३ बर्ष पुगिसक्दा पनि धियालमा विद्युतिकरण हुन नसक्दा स्थानीयहरु समस्या भोगिरहेका हुन् ।
जिल्लाका सबै क्षेत्रमा विद्युतिकरण भईसक्दा पनि धियालका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन् । विद्युतिकरण नहुँदा धियालका करिव ६ सय घरधुुरीका बासिन्दा अध्ययन, मोवाई चार्ज, कुटानी पिसानी, टिभि हेर्ने जस्ता सुविधाबाट बन्चित भएको स्थानीय सोना जिम्बाले बताईन् ।
विद्युतिकरणका लागि स्थानीय भुमेश्वरी सामुदायिक वनले ६ लाख र तत्कालिन धियाल गाविसले ६ लाख बजेट खर्चिसकेको छ । ३ किलोमिटर टाढाको मामदमार गाउँबाट काठे पोल गाडेर तार हालिसकेपनि अझै विजुली नबल्दा स्थानीय बासिन्दा निरास छन् । विद्युतिकरणका लागि हालसम्म सहयोग नगरेको नेपाल विद्युत प्राधिकरणले काठको पोल गाडेको भन्दै विद्युत सुचारु नगरेको स्थानीय रमेश लामा स्यांतानको गुनासो छ ।
बर्षौदेखि विजुली बाल्ने सपना बोकेका स्थानीयले यसबर्ष सांसद इन्द्रबहादुर बानियाँबाट प्राप्त क्षेत्र विकास कोषको १५ लाख र जिल्ला समन्वय समितिबाट प्राप्त ५ लाखबाट फलामका पोल फेरेर विद्युतिकरण गर्ने जनाएका छन् । धियालभरी नै विद्युतिकरणका लागि प्राधिकरण र स्थानीय निकायको सहयोग आवश्यक रहेको स्थानीयको भनाई छ ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...