अर्थ

थाहानगरमा साँढे ११ करोड लगानीमा शितभण्डार 

krishi-1540563139.jpg

९ कार्तिक, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा साँढे ११ करोडका लागतमा ‘थाहा शितभण्डार’ निर्माण हुने भएको छ । शितभण्डारको ३ नम्बर प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शुक्रबार शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको एक जिल्ला एक शितभण्डार निर्माण गर्ने अभियान अन्तर्गत थाहानगरमा सुरुवात गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदी, जनकल्याण उच्च माविका प्रधानाध्यापक सानोभाई कार्की, नेकपाका नेता विष्णु विष्ट, थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
शितभण्डार निर्माणका लागि प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत चार करोड रुपैँया, भुमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ५० लाख रुपैँया,  थाहा नगरपालिका र स्थानीय सहकारीहरुले समेत लगानी गर्ने जनाईएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते
Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

थप समाचार