PK-Final-1603468942.jpg
890x90-1603382814.gif

कला/संस्कृति

दशैंको नवरात्र शुरु, पहिलो दिन घटस्थापना

1539151041_DashainGhatast-1602897363.jpg

१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ ९यव० रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । 
जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । 
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
यसबर्ष भने कोरोना संक्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg