खेलकुद

दावेदार ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो

Football-1529285287.jpg

४ असार, हेटौँडा । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ ।
गएराति रसियाको रोस्तोभ एरिनामा भएको खेलमा स्वीजरल्याण्डले ब्राजिललाई एक–एक गोलको बराबरी रोकेको हो ।
पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले ५० औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
खेलमा ब्राजिलले तीन अंक जित्ने प्रयास गरे पनि उसको लक्ष्यमा स्वीट्जरल्याण्डका गोलकिपर र डिफेन्डर बाधक बने ।
हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।
सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।
तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप खेलिरहेको छ ।
(एजेन्सी)

 

Footballll-1529285287.jpg
Footballsss-1529285287.jpg

Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
लागु औषध सहित श्रीमान श्रीमती पक्राउ
IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप
Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ ।...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह
Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 
fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ
Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन
Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो
Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते
accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने
Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत...

थप समाचार