Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

दुवईमा ‘हेटौँडा जर्नालिजम अवार्ड’ हुने

20180512200812_IMG_9658_1-1526213228.JPG

३० बैशाख, हेटौँडा । मकवानपुरका पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने भएको छ । न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्ड संयुक्त अरब इमिरेट्सको बरदुबईमा हुने जानकारी दिएको हो ।
कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ । २०७४ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ । यस्तै, २ पत्रकार र २ व्यवसायलाई सम्मान समेत गरिने उनले बताए ।
मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताए । कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग कार्यक्रम निर्देशक गौतमले बताए । 
पत्रकार सम्मेलनमा आयोजक समितिका सल्लाहकार आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुगमाई, पूर्व अध्यक्ष राममणी दाहाल, पूर्व उपाध्यक्ष गिरिजा अधिकारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार