Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दोश्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

election-commission-nepal-1512651980.jpg

२१ मंसिर, हेटौँडा । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४५ जिल्लामा भएको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । 
निर्वाचन सम्पन्न भएलगत्तै आयोगले काठमाडौंमा पत्रकार सम्मेलनमा गरी निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान समेत गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढि मत गुल्मीमा ७१ प्रतिशत मत खसेको जानकारी दिए । विहिबार ४५ वटा जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । जसमध्ये अर्घाखाँची जिल्लाको २ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको र सो निर्वाचन एक दिन भित्रै सम्पन्न गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना भने सुरु भईसकेको जनाएको छ । 
दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणको ३२ जिल्ल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु भईसकेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए । निर्वाचन आयोगले दोस्रो चरणमा सम्पन्न निर्वाचनको पनि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भईरहेको र शुक्रबार विहानसम्म मतगणना सुरु भईसक्ने पनि स्पष्ट पारे । निर्वाचन आयोगले मतदानमा सहभागी भएकोमा सबै मतदाताप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा आवश्यक सबै खालको साथ र सहयोग उपलब्ध गराएकोमा सरकारप्रति आभार पनि व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार