Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

धरौटी तारेखमा छुटे शिवम निर्देशक मारु

Raghu-1511509164-1511519940.jpg

८ मंसिर, हेटौँडा । अवैध ढंगबाट खानी उत्खनन गरेको अभियोगमा पक्राउ परेका शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु धरौटी तारेखमा रिहा भएका छन् । 
जिल्ला अदालत मकवानपुरले मागेको धरौटी बुझाएपछि उनी तारेखमा छुटेका हुन् । जिल्ला वन कार्यालय मकवानपुरले ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार अदालतमा मुद्धा पेश गरिएकोमा ७ लाख ५५ हजार धरौटी लिई तारेखमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले धरौटी मागी तारेखमा छोड्ने आदेश दिएका मारुले धरौटी बुझाएपछि रिहा भएको अदालतका श्रेष्तेदार अनन्त मरासिनी बताए । 
उनलाई साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन गरेको भन्दै पक्राउ गरी अदालत पेश गरेको थियो । खानी उत्खनन गर्नका लागि खानी विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कार्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए ।
शिवमले संचालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक स्थानमा रहेको जनाईएको छ । जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरेपनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाईमा संलग्न भएको आशंका गरेका थिए । स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । वन कार्यालयले नियमित अनुगमन गर्न थालेपछि शिवमले स्थानीय संचारमाध्यमलाई प्रभावित गर्न ३ हजार रुपैँयाको विल पेश गरेर भुक्तानी लिन फोन गरेको थियो ।
विगतमा स्थानीय संचारमाध्यमलाई वेवास्ता गर्ने शिवमले विज्ञापन नै प्रकाशन, प्रशारण नगरी विल मागेपछि शिवमले कुनै कालो कर्तुत लुकाउन संचारमाध्यमलाई प्रयोग गर्न खोजेको भन्दै धेरै संचारमाध्यमहरुले विल पेश गरेका थिएनन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार