Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

नवरात्रीको सातौं दिन, आज फुलपाती भित्र्याइयो

Phulpati-1506474492-16034-1603457176.jpg

file photo

७ कार्तिक, हेटौंडा । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । 
आज काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका ल्याइएको हो ।
फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गर्ने प्रचलन छ ।
लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो । 
नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।
दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । 
सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

थप समाचार