अर्थ

नाटकीय ढंगले पछि हटे राजकुमार न्यौपाने

MCCI-1513509246.jpg

२ पुस, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन सकिन नपाउदै मकवानपुरमा फेरी चुनावी सरगमी बढेको छ । पुस १५ गतेबाट  सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले चुनावी सरगमी बढाएको हो । 
हरेक दिन मकवानपुर उद्योग वाणिज्य संघको चुनावी चर्चाले गर्दा अहिले दिनहु जस्तो  हुने प्रेस मिटले व्यवसायीलाई पक्ष विपक्षमा उभ्याउन थालेको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षको उम्मेदवारी दावि गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने र उपाध्यक्ष कृष्ण अग्रवालले नाटकीय रुपमा उम्मेदवार फिर्ता लिदै वर्तमान महासचिव समेत रहेका महेन्द्र राउतलाई समर्थन गर्ने बताएका छन् । 
पत्रकार सम्मेलनमा  अध्यक्ष न्यौपानेले महेन्द्र राउतलाई समर्थन गर्दै आफुहरु जस्तै खुबी  भएकाले र जिम्मेवारी बहन गर्न सक्ने क्षमता राउतमा भएकाले उनलाई पद हस्तान्तरणको प्रकृयामा लागेको बताए । पत्रकार सम्मेलनमा बोल्दै संघका वाणिज्य तर्फका वर्तमान उपाध्यक्ष कृष्ण अग्रवालले आफुले अध्यक्षको उम्मेदवारी  फिर्ता लिदै महेन्द्र राउतलाई  समर्थन गरेको भन्दै बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी  दिने बताए  । 
३ बर्षे नयाँ कार्यकालमा लागी अध्यक्षका प्रत्यासी महेन्द्र राउतले सम्मेलनमा    न्यौपाने र अग्रवाललाई धन्यवाद ज्ञापन गर्दै न्यौपानेले गरेको कार्यलाई निरन्तरर्ता दिने भन्दै आफुले सधै व्यवसायीको हितका लागी लड्ने बताए । राउतले अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरुले समर्थन गरेकोले आफुले चुनाव जित्ने ठोकुवा गरे ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
काठमाडौँबाट  रामेछाप जादै गरेको बस दुर्घटना एकको मृत्यु २९  घाइते 
Accident-1499161093-1539703387.jpg

३० असोज,रामेछाप । काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना...

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने
Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम...

रक्षादेवी बचत समूहको भेला सम्पन्न
Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई
Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

थप समाचार