१ असोज, हेटौँडा । हेटौडा–६, हातीलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी सहकारी संस्थाले आव ०७३/०७४ मा ७ करोड ५८ लाख ५० हजारको कारोवार गर्न सफल भएको छ । संस्थाको आईतवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिईएको हो ।
संस्थाको शेयर पूँजी २६ लाख २० हजार, जगेडा कोष १७ लाख ८६ हजार, निक्षेप ८९ लाख ३० हजार, दुध तथा अन्य सामान विक्री ५ करोड ५३ लाख, अनुदान ९ लाख ७३ हजार, जोखिम कोष ४ लाख ४० हजार, भुक्तानी दिनु पर्ने ३६ लाख ६७ हजार रुपैँया रहेको छ ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक रामबहादुर कार्कीले लेखा परीक्षण प्रतिवेदन,उपाध्यक्ष ईन्द्रमणी गौतमले ऋण समितिको प्रतिवेदन र सामान खरीद विक्री उपसमितिका संयोजक रत्नप्रसाद सापकोटाले खरीद विक्री उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा,ज्येष्ठ शेयर सदस्य उदयनारायण चौलागाई, ईश्वरीप्रसाद देवकोटा, एकल महिला गंगामाया चौलागाई, गोठ सफा राख्ने प्रलिता थापा, उद्धवप्रसाद दंगाल र नारायणप्रसाद सापकोटालाई सम्मानित गरिएको थियो । गुणस्तरीय दूध विक्री गर्ने उदयनारायण चौलागाई, विश्वनाथ अधिकारी जगनाथ गौतम, असली ऋणी, बचतकर्ता, बढी सामान खरीदकर्ता,बढी दूध विक्री गर्ने,कृषि प्राविधिक अध्ययन गरिरहेका शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको सभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चेतनशिल दुग्ध उतपादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, गरिवी निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज पराजुली, निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...