२९ बैशाख, हेटौँडा । नारायणी यातायात व्यवसायी संघले पछिल्लो समय यातयात क्षेत्रमा देखिएको असहज परिस्थितिको बारेमा व्यवसायीहरुसंग छलफल गरेको छ । अहिलेको अवस्थाबारे यथार्थ जानकारी दिन संघले शनिबार आफ्ना यातयात व्यवसायी सदस्यसंग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठले अहिलेको अवस्थाबाट नआत्तिन सदस्यहरुलाई आग्रह गरे । उनले राज्य पक्षबाट परिमार्जित निर्देशिका अनुसार अब प्रत्येक सवारी धनीले कंम्पनी दर्ता गरेर मात्र सवारी चलाउनु पर्ने बाध्यता आईपरेको बताउँदै यसबाट ९५ प्रतिशत यातयात ब्यबसायी मारमा परेको समेत बताए । संघको खाता रोकिएको भएपनि व्यवसायीले पाउँदै आएको सुविधाबाट बन्चित हुन नपर्नेमा विश्वस्त पार्दै उनले आफुहरुले आर्थिक हिनामिन गरेको भए छानविन गर्न सरकारलाई चुनौति दिए ।
संघका महासचिब सरोज खनालले संघमा सबै यातायात व्यवसायी सदस्यको योगदान रहेको भन्दै विगतमा पाईरहेको सेवा सुविधा पाउनेमा ढुक्क हुन आग्रह गरे । केही समयभित्र ठोस निष्कर्ष निस्कने भन्दै त्यतिञ्जेल धैर्य गर्न आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं ३ नम्बर प्रदेश संयुक्त आन्दोलन परिचालन समितिका सहसंयोजक बद्री प्रसाद चौलागाईले सरकार र यातयात ब्यबसायीबिच वार्ता भई कार्यदल बनिसकेको बताउँदै एक महिना भित्र कार्यदलले निष्कर्ष निकाल्ने बताए । उनले राज्यले यातायात व्यवसायीलाई मार पर्ने निर्णय नगर्नेमा आशावादी रहेको बताए ।
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...