Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

निजगढ स्मार्ट सिटि बन्ने, हेटौँडा चाँही ?

Hetauda-Photo-Final-1485761738.jpg

१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो ।

काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा विकास गरिने भएको छ । निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटि बनाउन परामर्शदाता नियुक्त गर्न आशयपत्र माग गरिसकेको नयाँ शहर आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए । स्मार्ट सिटिमा खानेपानी, स्वास्थ्य, शिक्षा, व्यापार, यातायात लगायतका सबै सेवा सूचना प्रविधिसँग जोडिएको र डिजिटलाईज गरिएको हुन्छ । स्मार्ट सिटिको विकास सँगै व्यवस्थित शहरीकरण अघि बढ्ने छ ।

हेटौँडा भन्दा पछि शहरको रुपमा विकास भएको निजगढ स्मार्ट सिटि बनिरहँदा हेटौँडा भने आफ्नो पुरानो अवस्थाबाट माथि उठ्न सकेको छैन । हेटौँडालाई स्मार्ट सिटिको बनाउने र औद्योगिक जिल्लाको रुपमा विकास गर्ने रटान रटेको बर्षौं भईसक्दा पनि न औद्योगिक जिल्ला घोषणा भयो न स्मार्ट सिटिबारे कतै चर्चा छ । धरान–चतरा, कान्तिलोकपथ, फाष्ट ट्रयाक, पूर्वपश्चिम राजमार्गको संगम रहेको मकवानपुर दुईवटा विद्युत आयोजना र पुरानो औद्योगिक क्षेत्र भएको जिल्ला ओझेलमा पर्दैछ । मकवानपुरमा विकासबारे केन्द्रमा लविङ गर्न दलहरु एक मत नहुँदा मकवानपुर बर्षेनी ओझेलमा पर्दै गएको जानकारहरु बताउँछन् ।

‘हेटौँडाका पुराना अग्रजले जिल्ला छोड्ने क्रम जारी छ, अब हेटौँडा आप्रवासीहरुको शहर मात्रै हुने भएको छ ।’–एक नेताले भने । राजनैतिक दलका नेता र सांसदहरुले बृहत र दिगो विकासका योजना नल्याए छिमेकी शहरहरुको तुलनामा हेटौँडा दिनप्रतिदिन ओझेलमा पर्ने उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार