Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निर्मला हत्या प्रकरण : अलमलमा अनुसन्धान

Nirmala-Panta1-1555745211.jpg

७ बैशाख, कञ्चनपुर । आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य ।  ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’ 
अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न थालेको छ । न्यायका लागि आन्दोलनमा होमिएका अधिकारकर्मी र पीडित परिवारसमेत यतिबेला मौन छन् । पछिल्लोपटक अधिकारकर्मीसमेत विभाजित भएका छन् । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लामो समयसम्म चलेको पीडित परिवारको धर्ना पनि स्थगित भएको छ ।
घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा र केन्द्रीय कार्यालयसहितका ४ टोली अहिले पनि खटिएका छन् । डीएनएको नमुना संकलन तथा सोधपुछ चलिरहेको छ । ‘ठोस प्रगति हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले सुरुदेखि नै अनुसन्धान साँघुरिँदै गएको दाबी गर्दै आएको छ तर ठोस प्रमाण हात लाग्न सकेको छैन । घटनाको प्रत्यक्षदर्शी नहुँदा ठोस प्रगति हुन नसकेको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि सबै प्रविधि र तरिका अपनाइरहेका छौं,’ एसपी आचार्यले भने, ‘अनुसन्धानका लागि वातावरण सहज बन्दै गएको छ ।’ उनका अनुसार स्थानीयले सूचना दिन थालेकाले सहज भएको छ । सुरुमा घटनास्थल वरपरका बासिन्दाले सूचना दिन डराउँदा समस्या भएको थियो ।
पछिल्लो पटक प्रहरीको अनुसन्धान डीएनएमै अल्झिएको देखिन्छ । करिब सय जनाको डीएनए परीक्षण भइसकेको छ । ६र७ जनाको डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी छ । यति धेरैको डीएनए परीक्षण हुँदा समेत अपराधी पत्ता नलाग्दा निर्मलाको भेजाइनल स्वाबमा भएको डीएनए नै नक्कली हो कि भन्ने आशंका पनि बढेको छ । यही आशंका मेटाउन निर्मलाकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराएकी थिइन् । उक्त डीएनए भने मिलेको थियो ।
‘अपराधी पत्ता लागाउन डीएनए नै अन्तिम सूत्र होइन, यो त एउटा सहयोगी तथ्य मात्रै हो,’ एसपी आचार्यले भने, ‘हामी अन्य प्रमाण पनि जुटाउने प्रयास गरिरहेका छौं ।’ प्रहरीले सुरुमा डीएनए परीक्षण गरिएका व्यक्तिको नाम सार्वजनिक गरे पनि पछिल्लो पटक भने गोप्य राख्ने गरेको छ । खासगरी निर्मलाको घर वरपर र घटनास्थल आसपासका स्थानीयको बढी मात्रामा डीएनए संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ ।
तत्कालीन डीएसपी कृष्णराज ओझाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ अनुसन्धान अधिकृत तोकिएको छैन । ओझाका ठाउँमा अहिले डीएसपी ज्ञानबहादुर विष्ट आएका छन् । ‘अनुसन्धान चलिरहेको छ तर खासै प्रगति हुन सकेको छैन,’ उनले भने, ‘सबै टोलीले काम गरिरहेका छन् ।’
पछिल्लो पटक प्रहरीले अपराधीको स्केच बनाएको कुरा पनि बाहिर आएको थियो तर उक्त कुरा अहिले सेलाएको छ । प्रहरीले स्थानीयकोसूचनाका आधारमा ऊक्त स्केच बनाएको हो । ‘अनेक सिराबाट अनुसन्धान गर्दै जाँदा धेरै व्यत्तिहरू दायरामा आए,’ एसपी आचार्यले भने, ‘फेरि नयाँ थपिँदै गए ।’
ढिलो भए पनि एक दिन न्याय पाउने आस बाँकी रहेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘सोधपुछका लागि पत्रकार र सुरक्षाकर्मी पटक पटक आउँदा फेरि पुरानै कुराले सताउँछ,’ उनले भनिन्, ‘मुख्य प्रमाण डीएनए बाँकी भएकाले अपराधी पक्ता लाग्नेमा ढुक्क छु ।’
अनुसन्धान त्रममा प्रमाण नष्ट गरेका र यातना कसुरमा मुद्दा लागेका ८ जना तत्कालीन प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । तत्कालीन एसपी दिल्लीराज विष्टसहित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खडका, सइद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार