Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

निर्माण व्यवसायीको विकट गाँउमा निःशुल्क स्वास्थ्य शिविर  

चुनियाँ नामटार सडक कालोपत्र हुन्छः बानिया

47577212_751973758489386_-1544198944.jpg

 
२१मंसिर,हेटौँडा।प्रदेश ३ का प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले  चुनियाँ,नामटार र कालिकाटार जोडने सडक छिट्टै कालापत्रे गर्ने बताएका छन । 
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मकवानपुरको विकट गाउँ कैलाश गाउँपालिका १० स्थित कुमलटारमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै बानियाले आगमी चार वर्षभित्र उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने बताएका छन ।
बानियाले सडक निर्माण भएपछि ग्रामीणक्षेत्र सुगम बन्ने र स्वास्थ्यलगायतका सेवामा पहुँच वृद्धि हुने भएकोले पूर्वाधार निर्माणमा आफूले जोड दिएको बताए ।उनले निर्माण व्यवसायीलाई वर्तमान सरकारले अपराधीलाई जस्तै व्यवहार गर्ने गरेको बताउँदै निर्माण व्यवसायीहरुलाई कार्यस्थलमा इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन  ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुलीले राष्ट्र निर्माण निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सरकारले निर्माण व्यवसायीमाथि गलत व्यवहार गरिरहेको बताए ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विष्णुमणि धितालले स्थानियहरुको स्वास्थ्थ परिक्षण गर्दै स्थानीयलाई रोग लुकाएर नराख्न र समयमा उपचार गर्न भन्दै स्वास्थ्य विमा गर्न आग्रह गरेका छन  ।
संघका अध्यक्ष श्यामसुन्दर ढकालले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण दिवशका अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको बताउँदै स्थानीय बासिन्दाको स्वास्थ्य सेवाका लागि आवश्यक थप सहयोग गरिने बताए । 
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, वरिष्ठ उपाध्यक्ष बालगोपाल कँडेल, कैलाश गाउँपालिका वडा नम्बर १० का अध्यक्ष मानिकलाल मोक्तान र प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तानले शिविरको खुलेर प्रशंसा गरेको छन । न्यू त्रिवेणी मेडिकलको सौजन्यमा भएको शिविरमा डाक्टर विष्णुमणि धिताल, डाक्टर आरिफ करिम र डाक्टर राहुल श्रेष्ठसहितको टोलीले स्वास्थ्य शिविरमा स्थानीय दुईसयभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो  संघका उपमहाचिव भवनाथ अधिकारीको संयोजनमा भएको स्वास्थ्य शिविरबाट कैलाश गाउँपालिकाको ३, ४, ९ र १० वडाका बासिन्दाहरु लाभान्वित भएको संयोजक अधिकारीले बताए  ।

47143901_204509703809870_-1544198945.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार