१४ असार, काठमाडौं । बाराबाट शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्।
वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल कीरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा। डिल्लीराम शर्माले बताए। ‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन्’, उनले भने, ‘उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ। बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ।’
सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए।
८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो कीरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए। अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए।
शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो। सहल कीरालाई विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ। साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन्।
(नेपालखबरबाट)
३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा हेटौडा-९ गुम्बा चोकमा दिप...
३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...
३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...
३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...
३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...
३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...
३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...
३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...
३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक...
२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक...
२९ चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानी नजिक विद्यार्थी बोकेको स्कलबस र अटो...
२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा...
२९ चैत,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) त्याग गर्दै ३ जना प्रभावशालि नेता कार्यकर्ता नेपाली...
२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ ।...
२५ चैत,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जग्गा किर्ते गरेर बेच्ने एक वकिललाई पक्राउ गरेको छ।९ कठ्ठा ३...
३० चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु...
२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। सरकारले दुई दर्जन बढी...