Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाललाई एसीसी अण्डर १६ क्रिकेटको उपाधि

Cricket-1513503929.jpg

२ पुस, हेटौँडा । थाईल्याण्डमा सम्पन्न एसीसी अण्डर १६ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । फाइनलमा आइतबार सम्पन्न खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले हात पारेको हो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा प्याक भएपछि नेपाल ७१ रनले विजयी भएको हो । अजय कुमार लोनिया र सूर्य तामाङको कसिलो बलिङ सामू सिंगापुरका ब्याट्सम्यानहरु निरीह देखिएका थिए । ७ ओभर बलिङ गरेका सूर्यले १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ५ ओभर बलिङ गरेका अजयले १६ रन खर्चेर ३ विकेट लिए । सिंगापुरका श्रीहर्ष वेणुगोपालले ३१ र आर्नभ वाध्वाले २१ रन जोडे । राउल शर्माले १५ र इशान सनीले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । पहिलो विकेट ३ रन जोड्दा गुमाएको नेपालको इनिङ्स क्याप्टेन विशालविक्रम केसी र सुनिल भण्डारीले पाँचौ विकेटका लागि गरेको ४२ रनको साझेदारीले उकास्यो । त्यस्तै छैटौं विकेटका लागि विशाल र नारायण जोशीले ४८ रन जोडेपछि नेपाल उच्च योगफलतर्फ लम्किएको थियो । विशालले आज ६३ रन जोडे । नारायण जोशी ४६ रनमा अविजित रहेको खेलमा सुवास ऐरले २२,  त्रितराज दासले १९ र सुनिल भण्डारीले १५ रन जोडे । प्रतिश जि।सी १० रनमा अविजित रहे ।

प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी तृतराज दास रहे । उनले ३२ दशमलव ४० को औसतमा ५ म्याचमा १ सय ६२ रन जोडे । उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । त्यस्तै क्याप्टेन विशालले १ सय ३६ रन जोडे । बलिङतर्फ नेपालका नारायण जोशीले सर्वाधिक १० र सूर्य तामाङले ९ विकेट लिए । 

स्रोत : इकान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार