नवीन तिमल्सिना
१४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ ।
कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी नायक बनिन् । साफमा पहिलो पटक सहभागिता जनाएकी भण्डारीले माल्दिभ्सविरुद्धको खेलमा एक्लैले ५ गोल गरेकी छन् ।
प्रतियोगिताको उद्घाटनमा भुटानविरुद्ध पनि भण्डारीले ६ गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । तीव्र गतिमा दौडिने भण्डारी नेपाली फुटबलमा एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले खेलको १२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । माल्दिभ्सकी गोलरक्षक आइस्हात अबदुल रजाक अगाडि बढेको मौकामा भण्डारीले बललाई चिप गर्दै जाली चुमाइन् ।
सावित्राले नेपालको लागि दोस्रो गोल खेलको २८ औं मिनेटमा गरिन् । दीपा राईले दिएको पासलाई भण्डारीले सेकेन्ड बारमा च्याप्दै बललाई पोष्टको दिशा दिइन् । खेलको ३९ औं मिनेटमा भण्डारीले गोल गर्दै प्रतियोगितामा आफ्नो तेस्रो ह्याट्रिक तथा कुल ९ गोल गर्न सफल भइन् ।
अनिता बस्नेतको क्रस प्रहारलाई माल्दिभ्सकी गोल रक्षक रजाकले बचाउन खोज्दा रिबाउन्ड भएको बललाई भण्डारीले हेड मार्फत् सुन्दर गोल गरिन् ।
सावित्राले खेलको ५० औं मिनेटमा करिब ४० यार्डबाट एक्लै लगेको बललाई माल्दिभ्सकी गोलरक्षक रजाकलाई छक्काउँदै उत्कृष्ट गोल गरिन् । नेपालको लागि ५ औं गोल मञ्जलीकुमारी योञ्जनले ५२ औं मिनेट गोल गरिन् । मिडफिल्डर अनिता बस्नेतले निकालेको क्रस पासलाई सदुपयोग गर्दै योञ्जनले गोल गरेकी हुन् ।
सावित्राले खेलको ६३ औं मिनेटमा अनिताको पासलाई डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेपछि उनको टिमको
लागि ५ औं गोल पुगेको छ । टिमको छैठौं गोल ६५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले गरिन् । खेलको ७१ औं मिनेटमा सावित्राले दिएको पासलाई सपनाले सदुपयोग गर्दा नेपालले माल्दिभ्सविरुद्ध आधा दर्जन गोल ठोकेको हो । खेलको ७४ औं मिनेटमा करिब ३० यार्डबाट हिराकुमारी भुजेलले प्रहार गरेको शक्तिशाली बललाई माल्दिभ्सकी गोलरक्षकले पत्तै पाइनन् ।
नेपालको लागि ९ औं तथा खेलको अन्तिम गोल अतिरिक्त खेलाडी निर्मला विकले खेलको अतिरिक्त समयमा गोल गरिन् । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग पुस १५ गते खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...