Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाली राजनीतिको बादशाह काँग्रेस होः केन्द्रीय सदस्य घिमिरे

20180423_150647-1524498976.jpg


१० बैशाख, हेटौँडा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता गुरु घिमिरेले नेपाली काँग्रेस नेपाली राजनीतिक ईतिहाँसको  बादशाह रहेको बताएका छन  ।
काँग्रेस  हेटौंडा उपमहानगर समितिको दोश्रो नगर भेलामा सोमबार बोल्दै केन्द्रीय सदस्य घिमिरेले ईतिहासँदेखि अहिलेसम्म जतिपनि परिवर्तन सबै काँग्रेसको नेतृत्वमा मात्रै भएकोले काँग्रेस सधैं बादशाहको रुपमा स्थापित रहेको बताउनुभयो ।
काँग्रेसले खुला अर्थनीति ल्याएपछि मेडिकल, संचार, सडक, विद्युत, एयरपोर्टलगायतका काम गरेपनि जनतामा प्रचार गर्न नसकेको बताउँदै नेता घिमिरेले एमाले ५१ सालदेखि एउटै बृद्धभत्ताको रटान गर्दै  भोट तान्न लिप्त रहेको  बताए ।
    अन्र्तराष्ट्रीय समुदायले पत्याएका नेपाली नेता भनेका काँग्रेसको मात्रै रहेको बताउँदै प्रखरबक्ता घिमिरेले संसारका कुनैपनि कम्युनिष्ट पार्टीहरु  राष्ट्रवादी नभएको टिप्पणी गर्नुभयो । काँग्रेसको नेतृत्वमा राजातन्त्र फालेर गणतन्त्र ल्याई, संविधान निर्माण र आफू हारेपनि तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्र र संघियताको रक्षा गरेको बताए ।
नेपाली काँग्रेसलाई ७४ साल खुशी र पीडादायी दुवै भएको भन्दै अब विगत भुलेर संगठन निर्माण र काँग्रेसले गरेका सकरात्मक कुराहरु आम जनतामा पु¥याउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । त्यस्तै नेपाली काँग्रेसका सभापति, पूर्व गृहराज्यमन्त्री एवं पार्टीका मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले गोली हानेर मान्छे मार्दै हिड्ने टाउको काटेर हिड्ने कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक धारमा ल्याउने काँग्रेसनै भएको बताउँदै निरन्तर संघर्ष गरेको काँग्रेस पार्टीका नेता पद्धतीमा विश्वास गर्ने बताउनुभयो ।
नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य एवं काँग्रस ३ नम्बर संसदीय दलका प्रमूख सचेतक राधा घले, प्रजातान्त्रिक सभाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसी, निवर्तमा सभापति रघुरमण न्यौपाने, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य दीनेश उपाध्याय, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, नगर कोषाध्यक्ष कविन सांगामी लगायतले मन्तव्य व्यक्त  गरेका थिए  भने  नगर सचिव दीपक खतिवडाले प्रतिवेदन पेश गरेका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार