Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेमार सबैभन्दा महङ्गा खेलाडी, मेस्सी तेस्रोमा, रोनाल्डो १० भित्र परेनन्

neymar-1546670550.jpg

२१ पुस, हेटौँडा। फुटबल खेल औधि रुचाइने खेलमध्यकै एक हो ।  यस खेलले हरेक बर्ष नयाँ खेलाडिहरु जन्माउने गर्दछ ।

प्रत्येक ४ बर्षमा आयोजना हुने विश्वकप होस या देश स्तरिय हुने लिग होस । सबै प्रतियोगिताले बुढा देखि युवा सबैको मन जितेको पाईन्छ । व्यावसायिक फुटबलका विभिन्न प्रतियोगिताबारे विश्वभर चर्चा हुने गरेको पाईन्छ भने त्यस प्रतियोगितामा व्यावसायिक फुटबल खेल्ने फुटबलरको झनै चर्चा हुने गर्दछ। फुटबलरको खेल देखेर क्लबका मालिकहरु खेलाडिलाई क्लबमा भित्राउन  महङ्गो रकम समेत बुझाउन पछि पर्दैनन् । प्रत्येक बर्ष व्यावसायिक फुटबल खैल्ने फुटबलरको दर रेटमा उत्तार चढाव भईरहन्छ। 
 यसै क्रममा फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले लियोनेल मेस्सी, रोनाल्डोलाई पछि पार्दै ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी बनेका छन । अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा गरिएको अध्ययनले यसो देखाएको बताइएको छ । यस अध्ययनले नेमारलाई सर्वा्धिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । त्यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे १९३.१ मिलियन पाउण्ड सहित दोस्रो स्थानमा रहेका छन् । भने तेस्रो स्थानमा १८३.२ मिलियन पाउण्ड सहित  अर्जे्न्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । त्यसैगरी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।
त्यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । चौथो महङ्गो खेलाडिमा  १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाहे रहेका छन भने १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ स्थानमा रहेका छन ।   १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् भने शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार