Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेविसंघ मकवानपुरको अधिवेशन साउन २० गते

Nepal-Student-Union-1469626079.jpg

१२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन साउन २० गते हुने भएको छ । अधिवेशन तयारीका लागि बुधबार भएको बैठकले साउन २० गते अधिवेशन गर्ने निर्णय गरेको हो । 
नेपाली काँग्रेस मकवानपुर र नेविसंघ मकवानपुरका पदाधिकारीसहितको बैठकले वन विज्ञान अध्ययन संस्थानको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष महेन्द्र राउतले बताए । यसअघि नै क्षेत्रीय भेला सम्पन्न भई प्रतिनिधि छनौट भएकाले जिल्ला अधिवेशनमात्रै हुने उनले जानकारी दिए । १ सय ६० प्रतिनिधि सहभागी हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जिल्ला भेलाका लागि नेविसंघले सूर्य थापालाई केन्द्रिय प्रतिनिधि तोकेको छ । 
बैठकले आवास व्यवस्थापन उपसमिति संयोजकमा यादव अर्याल, स्वागत तथा मञ्च व्यवस्थापनमा टेकनाथ शिवाकोटी, प्रचारप्रसारका लागि गंगाप्रसाद पौडेल र अध्यक्ष महेन्द्र राउतको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको जिल्ला सचिव राजु खतिवडाले बताए । 
बैठकमा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापतिहरुसहित नेविसंघका पदाधिकारीको सहभागिता रहेको थियो । नेविसंघको केन्द्रिय अधिवेशन साउन २३ गतेदेखि काठमाण्डौंमा हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार