Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

न्यौपानेले  चेपाङ प्राविका बिद्यार्थीलाई  बाचुञ्जेल  पोशाक दिने   

27783297_1560390627408786-1517743050.jpg

२१ माघ, हेटौँडा   । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले  मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उद्घोष गरेका छन् ।

आईतबार विद्यालयमा पुगेर नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी  न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले भने, ‘प्रायः चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका बालबालिकाहरु ‘डे«स’ नभएकै कारण पढाई नछोडुन् भन्ने उद्देश्यले प्रत्येक बर्ष विद्यालय पोशाक उपलब्ध गराउने बताए ।’ विद्यालयमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानले गरिब एवम् आदिवासी जनजाति अध्ययनरत बिद्यालयमा अब पोशाककै कारण पढाई छोड्ने अवस्थाको अन्त्य हुने दावी गरे ।  

चेपाङ प्राविमा अहिले एकसय ३४ जना चेपाङ तथा तामाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर चेपाङले ‘स्कूलको डे«स’ नभएकै कारण धेरैले बीचमा पढाई छोड्ने गरेको जानकारी दिँदै अब यस्तो अवस्थाको अन्त्य हुने दावी गरे । प्राविसम्म सञ्चालन भैरहेको विद्यालयमा बालविकास सहयोगी कार्यकर्तासहित जम्मा ३ जना मात्रै शिक्षक रहेको र एउटा मात्रै दरबन्दी रहेको प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, पत्रकार सुनिल खड्का, काँग्रेसका स्थानीय नेता पवन खड्का, तरुण नेता विकास गौतमलगायतको उपस्थिती रहेको थियो ।
 

27744995_1560390687408780-1517743050.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार