Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

परेवा भीर : एक अवसर

20200730_135118-1596096569.jpg

संप्रस पौडेल

परेवा भीर राक्सिराङ गाउँपालिकाको ४ र ५ नम्बर वडाको सीमानामा रहेको छ । सयौँ वर्षदेखि यही चट्टाने भीर हुँदै सामलतामल बोकी यात्रा गर्ने क्रम चलिरहेको छ । विशेषतः वर्षायाममा खोला ठुलो भैदिँदा भिरबाट नै गरिने कष्टकर यात्रा र मृत्युवरणसम्म भ‌एका घटनाले नै यसलाई सामान्य नठान्नुपर्ने हो ।

यस भीरमा पुल, मोटर बाटो आदिका सम्बन्धमा विभिन्न बहसहरू चले । नेता, कार्यकर्ता, मिडियाकर्मी र जनताहरूका आ(आफ्ना आवाजहरू मुखतरित भ‌ए । बाटोघाटो पुल नबन्ने भन्दै एक नेताले गरेको भाषणको चर्को विरोधमा अर्का नेताको आवाजले सदन तात्यो । मिडियाकर्मी र जनताहरू पनि सशक्त आवाज उठाइरहे ।

यी क्षेत्रको बारेमा धेरै जानकारी नभ‌ए पनि मेरो बसाई मनहरी ५ मा रहेकोले भावनात्मक हिसाबले नजिक महशुस गर्दछु । साथै सो क्षेत्रमा सामान्य पुल तथा बाटोको सट्टा शिशाको पुलको कल्पना सम्भव हुन सक्ने विश्वास गर्दछु । जसले देश विदेशका ठूलो संख्यामा पर्यटकलाई आमन्त्रित गर्न सक्छ । चीनले चालिसभन्दा बढी यस्ता पुलहरू बनाइसकेको छ भने शिशाको पुल निर्माणमा अग्रणी रहेको चीनको सहयोगमा नेपालले पनि सोही विकास गर्न सकिने आशा गर्न सकिन्छ ।यहाँ चीन, अमेरिका, क्यानडा, भारत लगायत देशहरूमा समेत रहेको शिशाको पुलको बारेमा केही जानकारीहरू उल्लेख गर्दछु ।

चीनको हुनान प्रान्तको ४३० मिटर लम्बाई रहेको झाङ्झियाजी शिशाको पुलले वर्षमा लाखौँ पर्यटक निम्त्याउने गरेको छ । जसको कूल लागत ३४ मिलियन डलर रहेको छ ।क्यानडाको ग्लासियर स्काइवाकले वर्षमा हजारौँ पर्यटकहरू भित्र्याउने गरेको छ । यसको कूल लागत २१ मिलियन डलर रहेको ।

अमेरिकाको ग्राण्ड क्यान्योन स्काइवाक, अमेरिका । ३० मिलियन डलर लागत रहेको ।७० वटा ७४७ बोइङको भार थेग्न सक्ने चीनको ब्रेभ मेन्स ब्रिज सिक्किमको पेलिङ स्काइवाक, जसले हजारौँ पर्यटकलाई बोकिरहेको छ ।सामान्य तुइन र झोलुङ्गे पुलविना कैयौँ मानिसहरूले जीवन जोगाउन सफल भैरहेको छ तर  एक पटक बनाइने मुलुककै नमुना पूलले हाम्रा साना गाउँघर पनि संसारमै चर्चित हुन सक्लान् । छिट्टै यस्ता विकास देख्न, सुन्न, हेर्न पाइयोस् । परेवाभीर स्काइवाकमा एउटा सेल्फी खिच्ने रहर पूरा हुने दिन नजिकियोस् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार