Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

पर्यटक गन्तव्य बन्दै ‘पेङ्गोलिन पार्क’

Peng-1502022487.jpg

रुपेश दुलाल

२२ साउन, हेटौँडा । हेटौँडा–१७ मा निर्माणाधिन पेङ्गोलिन पार्क अहिले पर्यटकको गन्तव्य बन्दै गएको छ । करिव ३ महिना अघिदेखि काम थालिएको पार्कमा अहिले स्थानीय पर्यटक आउन थालेका हुन् । 
चुच्चेखोला सामुदायिक वन समूहको क्षेत्रमा शिखरकटेरी जाने कान्तिलोकपथ सडकमा पार्क निर्माण भईरहेको छ । पार्क निर्माणमा जिल्ला वन कार्यालय मकवानपुरको १३ लाख रुपैँया, वन समूहको ४ लाख रुपैंया, बायो इन्जिनियरिङ बृक्षरोपणका लागि भू–संरक्षण कार्यालय मकवानपुरबाट १ लाख ५० हजार रुपैँयाको सहयोग रहेको छ । पहिलो चरणमा बगैंचा, विश्रामस्थल, प्लाष्टिकको पानी पोखरी, वनदेवीको मन्दिर, कार्यालय घर लगायतका काम भईसकेको समूहका कार्यालय सचिव केदार गौतमले बताए । ‘छोटो समयमा धेरै काम थालिएको छ, केही सम्पन्न भईसकेका छन् भने केही भईरहेका छन्’–उनले भने । 
समूहले पर्यापर्यटनको माध्यमबाट दिगो आयआर्जनका लागि पार्कको अवधारणा अघि सारेको जनाईएको छ । वन समूहले २ करोड ७९ लाख रुपैँयाको लागतमा तत्कालिन एवं दिर्घकालिन कार्ययोजनासहित काम गरिरहेको समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको भनाई छ । १७ विगाह क्षेत्रफलमा पर्यटन प्रवद्र्धनका लागि केबुल कार, आकाशे पुल, पौडी पोखरी, खेल मैदान, बुद्ध मूर्ति, दक्षिणकाली मन्दिर, भ्यू–टावर लगायतका अवधारणा अघि सारेको उनको भनाई छ । 
धरान–चतरा, कान्तिलोकपथ लगायतका पूर्वाधारको विकास यसैक्षेत्रमा भईरहेकाले काठमाण्डौं जाने र फर्कर्ने यात्रुसहित आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य समूहले राखेको छ । मकवानपुरगढीको प्रवेशद्वारमै बृहद पर्यटकिय क्षेत्रको अवधारणा अघि बढाईएको दाहालको भनाई छ । पार्कको निर्माणमा स्थानीय रामचन्द्र सापकोटासहित उपभोक्ता, कालिगढ लगायतको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार