१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको विहिबार हेटौँडामा सम्पन्न पहिलो बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले ठूला दललाई चेतावनी दिएका छन् ।
मकवानपुरको विभिन्न पूर्वाधारको बारेमा व्याख्या गर्दै बैज्ञानिक र व्यवहारिक ढंगले प्रदेश अस्थायी राजधानी हेटौँडालाई घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिएका बानियाँले आप्mनो धारणा राख्ने क्रममा ठूला दललाई चेतावनीयुक्त अभिव्यक्ति दिएका हुन् । बानियाँले सहमति, सहकार्य र एकताको राजनीति अघि बढाउन ठूला दललाई चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेसले ठूलो दल रहँदा पनि समावेशी र समानुपातिक ढंगले व्यवहार गरेको भन्दै अहिले पनि यसलाई पालना गर्न ठूला दललाई सचेत गराएका हुन् ।
लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष बहुमतले शासन गर्ने र अल्पमतको आवाज सुन्ने भएकाले यसलाई पालना गर्न पनि उनले ध्यानाकर्षण गराए । विगतमा देशलाई गणतन्त्रमा लैजान भुमिका खेल्ने तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नयाँ संविधान जारी गर्ने तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला र संघीयता अभ्यासको पहिलो खुड्किलो तीन चरणको निर्वाचन सम्पन्न गर्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको योगदान प्रदेश सभाले भुल्न नहुने उनको भनाई थियो ।
सहकार्य र एकतालाई अघि बढाउन ठूला दलले ख्याल गर्नुपर्ने भन्दै उनले आफुहरु रचनात्मक ढंगले अघि बढ्ने बताए । ३ नम्बर प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा हेरिएका बानियाँको पहिलो बैठकको अभिव्यक्तिलाई राजनीतिक बृत्तमा अर्थपूर्ण ढंगबाट हेरिएको छ ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...